रमाना बुझेपछि एसपी मल्लले भने–‘संगठनको नीति नियम अनुसार चलेको छुु’

sp malla sir

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रमाना लिएका छन् ।

आजै एसपी मल्लले जिल्लाका डिएसपी एकनारायणा काेइरालालाई चार्ज बुझाएका हुन् । मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको थियो।

रमाना बुझेपछि एसपी मल्लले भने–‘म सँधै संगठनको नियम कानुन अनुसार चलेको छु । सरुवालाई अनावश्यक रुपमा विवादको विषय बनाइयो ।’

एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका थियो ।

बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।

चितवन बसाइका क्रममा एसपी मल्लले लागूऔषध नियन्त्रण, गाँजा फँडानी तथा जिल्लाका आपराधिक गतिविधिलाई न्यूनिकरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित