१२ किलो गाँजासहित ५ पक्राउ

drugs-arrestedबारा। इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा १२ किलो ७ सय ६० ग्रामसहित ५ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा महोत्तरी सीतापुर भङ्हा नापा–१४ गोदार बस्ने वर्ष ३० की ममता कार्की, धनुषा मुखियापट्टी गापा–२, बहेराबेला बस्ने वर्ष ४८ का बिल्टु महतो, पर्सा सखुवा प्रसौनी गापा बस्ने वर्ष ३७ कि बिमला बिक, वर्ष ५० की पल्टी माझी र वर्ष ६० की रमिया चौधरी छन् ।

 उनीहरुले गाँजा झोलामा लुकाइछिपाइ ल्याएका थिए । उनीहरुलाई पहिलो पटक १० दिन म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

प्रतिक्रिया

सम्बन्धित