होमवर्क नगर्दा यसरी कुटिन्छन् विद्यार्थी, प्रहरी मुकदर्शक बनेको आरोप

dhuniya

  बुटवल । रुपन्देहीको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा अध्ययनरत एक विद्यार्थीमाथि शिक्षकबाट निर्घात कुटिदाँ प्रहरीमाथि रमिते बनेको आरोप लागेको छ ।

होमवर्क नगरेको भन्दै सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनियामाथि शिक्षकले निर्घात कुटिदा उनको आँखामा चोट लागेको छ ।

तर, यसरी कुटिदा पनि प्रहरीले उजुरी लिन नमानेको भन्दै परिवारका सदस्यहरुले प्रहरी रमिते बनेको आरोप लगाएका छन् ।

धुनिया कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।

त, मचर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले भने प्रक्रिया नपुर्‍याइ उजुरी आएकाले दर्ता नगरिएको र उपचारपछि प्रक्रिया पुर्याएर उजुरी दर्ता गर्न आउन सल्लाह दिएको बताए ।

शिक्षक शैलेन्द्र बरईबाट कुटिएका १० वर्षीय बालक धुनियाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको छ ।

यद्यपी स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरेका छन् ।

धुनियाले भने होमवर्क गरेको फेयर कापी लान विर्सदा सरले आखाँमा चोट लाग्ने गरी लठ्ठीले कुटेको प्रतिक्रिया दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने यसबारे उजुरी नआएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्ग खत्रीले भने–‘उजुरी आएपछि त्यही अनुसार कारबाही हुन्छ। पीडितहरू मिडियामा आए । तर, प्रहरी कार्यालयमा नआएकाले समस्या कारबाही प्रक्रिया अगाडि बढेन ।

शैलेन्द्र बराईले भने फरार रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित