अमेरिकी सैनिकलाई फिर्ता जान इराकी संसदको निर्देशन

irak

  काठमाडौं । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले सबै विदेशी सैनिकलाई देश छाड्‌न निर्देशन दिएको छ ।

इराकमा अहिले ५ हजार अमेरिकी सैनिक रहेका छन्। इराकी संसदले सरकारसँग विदेशी सुरक्षा बललाई इराकी जमिन, हवाई तथा जलक्षेत्रको प्रयोगमा पनि रोक लगाउन निर्देशन दिएको छ।

संसदले इराकी सरकारलाई अमेरिकी सेनाको सबै सहयोग बन्द गर्न पनि निर्देशन दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल अरबियाका अनुसार इराकी संसदको विशेष सत्रमा कामचलाउ प्रधानमन्त्री अब्दुल महदीले चाँडोभन्दा चाँडो इराकमा विदेशी सेनाको उपस्थिति हटाउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री महदीले इराकले भोग्दै आएको आन्तरिक र बाहृय समस्या आफै समाधान गर्ने पनि बताए।

इराकी प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर मारिएको घटनालाई राजनीतिक हत्याको संज्ञा पनि दिएका छन्।


तर, अमेरिकी सैनिक भने सजिलै हट्ने छैनन्। अमेरिकी सेनालाई हटाउन इराकी संसदमा विधेयक ल्याएर अमेरिकासँगको सम्झौता भंग गर्नुपर्ने छ।

अब्दुल महदीले गत महिनादेखि चलिरहेको सरकारविरोधी प्रदर्शनपछि राजीनामा दिएका थिए। उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका छन्।

इराकमा रहेका अमेरिकी सेनाले इराकी सेनालाई तालिम दिइरहेका छन्।

तर, इराक सरकारले आफ्नो भूमिमा इरानी सैन्य कमान्डर सुलेमानीको हत्या हुनु आफ्नो सम्प्रुभतामाथि प्रहार भएको प्रतिक्रिया दिएको छ। – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित