अनलाईनमार्फत ठगी गर्ने २ भारतियसहित ५ जना पक्राउ

aparadh mahashakha

  काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाईनमार्फत ठगी गर्ने दुई भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । महाशाखामा आएको गोप्य सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकहरु काठमाडौं क्षेत्रपाटी बस्ने वर्ष ४९ का नविन अग्रवाल र बौद्ध बस्ने वर्ष ५२ का आनन्द अग्रवाल रहेका छन् ।

त्यसैगरी मोरङ जिल्ला विराटनगर नगरपालिका–१३ घर भई हाल हाँडिगाउँ बस्ने वर्ष २९ का अलंकार ज्यन, काठमाडौं–१६ बालाजुका वर्ष ५२ का आनन्द अग्रवाल र रौतहट जिल्ला मंगलपुर–३ घर भई हाल सतुंगल बस्ने वर्ष २८ कि शर्मिला कुमारी श्रेष्ठ रहेका छन् ।

सोमबार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको पनि एसएसपी थापाले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित