नेपालमा चीनविरुद्ध गतिविधि हुन नदिने गृहमन्त्रीको प्रतिवद्धता

rambahadur thapa

  काठमाडौं । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली भूमिमा चीनविरुद्ध गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् ।

चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँग भेटवार्तामा नेपाल एक चीन नीतिमा दृढ रहेको बताउँदै गृहमन्त्री थापाले सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिनुपर्ने बताएका थिए ।

गर्दै गृहमन्त्री थापाले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति भएको बताइएको छ ।

भेटपछि चीनस्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित