बंगलादेश बैंकको हकप्रद शेयर बिक्रीमा अनियमितता
काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)को हकप्रद शेयर बिक्री प्रक्रियामा अनियमितता भएको रहस्य खुलेको छ ।
बैंकको हकप्रद शेयर बिक्री प्रक्रिया अपारदर्शी भएको भन्दै उच्च अदालत पाटनमा परेको रिटमा उच्च अदालतका न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नेपाल बंगलादेश बैंक र बैंकको हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई निवेदकसँग सम्बन्धित हकप्रद शेयरको लिलाम तथा बाँडफाँडलगायतको काम कारबाही नगर्नु नगराउनु भनी आदेश दिएपछि सो रहस्य खुलेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया