स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा व्रतालुको भीड

shalinadi

  काठमाडौं । हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजबाट सुरु भएको छ ।

स्वस्थानी व्रत प्रारम्भका दिन काठमाडौं शालीनदीमा व्रतालुको भीड लागेको छ । व्रतालुहरुले एक महिनासम्म स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्‍य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।

माघ महिना भारी स्नान गर्न सम्भव नभएपनि पहिलोदिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्गलोकको उत्तराधिकारी बन्न सकिन्छ । माघ स्नानको संकल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्दछ । स्नान पश्चात भगवान् विष्णुको पूजा(अर्चना गर्नु र सकेसम्म सात्विक, अल्पहार र एक छाक मात्र भोजन गरि श्रद्धा र भक्तिपूर्वक व्रत गर्न सकिन्छ ।
माघ महिनामा दानको विशेष महत्व रहेको छ । दानमा तिल, गु़ड़, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।

माघ महिनामा पवित्र नदिहरूमा स्नान गर्नाले एकटा भिन्न विशेष ऊर्जाको प्राप्ती हुन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्ती पूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान नारायणलाई प्राप्त गर्न सकिने कुरा सनातनी हरूले मान्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित