विप्लव समूहद्धारा जलविद्युत आयोजनामा बम विष्फोट

bumb

  काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ ।

अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।

बम विष्फोटपछि प्रतिवन्धिित विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोटबारे स्वीकार गरेको समाचार सार्वजनिक भएका छन् । घटनापछि उक्त स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको छ

प्रतिक्रिया

सम्बन्धित