नेपालमा लिङ्कन युनिभर्सिटी मलेसियाको पहिलो दिक्षान्त समारोह

काठमाडौं । लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाले नेपालमा आफ्नो पहिलो दिक्षान्त समारोह सम्पन्न गरेको छ । शनिबार काठमाण्डौंमा आयोजित दिक्षान्त समारोहमा नेपालमा एमबिए. र बिबिए अध्ययन पुरा गरेका ११९ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।

 सन् २००२ मा मलेसियामा स्थापित लिङ्कनयुनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१२ मा सम्वन्धन दिएको थियो ।

 हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्वन्धन लिएर काठमाण्डौं, ललितपुर, बिर्तामोड, बिराटनगर, बुटवल, पोखरा जस्ता सहरहरुका १२ वटा कलेजहरु सञ्चालित छन् । यि कलेजहरुले विविए, एमविए र विएचए. प्रोग्रामहरु संचालन गरिरहेका छन् । त्यसैगरी यि कार्यक्रम अन्तर्गत २८०० नेपाली बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

 लिङ्कन युनिभर्सिटी नेपालको अर्डिनेसन कमिटिका चिफ तथा फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. विनोद बहादुर खत्रीले दीक्षित हुने सम्पुर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनगर्नु हुदै विद्यार्थीहरुको आगामी शैक्षिक तथा ब्यवसायिक जीबनमा सफलताको शुभकामना प्रदान गर्नुभयो । पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले दीक्षित भएसँगै विद्यार्थीहरुमा गहन जिम्मेवारी र सामाजिक दायित्व थपिएको बताउनुभयो । पछिल्लो समय उच्च शिक्षाअध्ययनका लागि नेपाली विद्यार्थीहरु बिदेश गइरहेको सन्दर्भमा लिङ्कन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरिरहेको छ ।

 जसबाट नेपाली विद्यार्थीहरु निकै नै लाभान्वित भएको विश्वास गर्न सकिन्छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उच्च अध्ययनका लागि विद्यार्थीहरुको बढ्दो विदेशिने लहरलाई केही हदसम्म कम गर्न नेपालमै गुणस्तरिय शिक्षा प्रदान गर्दै क्षमतावान जनशतिm उत्पादनमा लिङकन युनिभर्सिटिको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । दिक्षान्त समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन,लिङ्कन युनिभर्सिटी कलेज मलेसियाका उपकुलपति प्राध्यापक डाक्टर अमियाभौमिक तथा प्रो. डा. डाटुकहज्जाबिबि फ्लरिन अब्दुल्लाहलगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित