सार्वजनिक सवारी साधनमा युवतीहरुलाई लक्षित गरी अश्लिल भिडियो बनाउने एक वर्षपछि पक्राउ

pagal

  काठमाडौं । महानगरीय अपराध महाशाखाले सार्वजनिक बसमा युवतीका टाउकोमा हस्तमैथुन गर्ने र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने रविन सार्की भनिने रविन रुचाललाई पक्राउ गरेको छ।

महाशाखाको टोलीले सोमबार चितवनको भरतपुर, विकास चोकबाट रुचाललाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

तनहुँ अरुणोदय–१ घर भएका रुचाल हाल चितवन भरतपुर बस्दै आएका थिए ।

रुचालले बनाएको अश्लिल भिडियो गएको वर्षको माघमा सार्वजनिक भएको थियो। उनी झण्डै एक वर्षपछि पक्राउ परेका हुन् ।

रुचालले तीन वर्षअघि बानेश्वरमा डेरा गरी रिक्सा चलाउने गरेको पनि खुलेको छ। सामाजिक सञ्जालमा ‘वोमन वारियर’ नामक पेज र पोर्नसाइटमा अश्लिल भिडियो अपलोड गरेर पैसा कमाउने उद्वेश्यले यस्तो भिडियो बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि रविन भागेर भारत गएको र सात महिनापछि चितवन फर्किएको खुलेको छ ।

दिल्लीमा तीन महिना मम फ्याक्ट्रिमा काम गरेको र त्यहाँबाट कस्मीर गई नेपाल फर्केका थिए ।

पक्राउ परेका रुचालले सो भिडियो बनाएको र भिडियोमा रहेका व्यक्ति उनी नै रहेको पुष्टि भएको महाशाखाले जनाएको छ ।

हस्तमैथुन गर्दाकै अवस्था (रेज कन्स्ट्रक्सन) सँग दाँजेर हेर्दा पनि उनको संलग्‍नता पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित