२० करोड घुस मागेको आरोप लगाउने दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

shree krishna giri

  काठमाडौं । जिल्ला अदालतले झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हो ।

प्रसाईंले पत्रकार सम्मेलन नै गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए ।

गिरीले पनि आफूले घुस नमागेको दावी गर्दै आएका थिए । प्रसाईंले मिडियाबाजी गरेर आफूलाई अप्ठेरोमा पारेको र आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा
गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको हो ।

लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, प्रहरीले उनलाई त्यहाँ फेला पार्न सकेन । त्यसलगत्तै प्रहरी झापास्थित प्रसाईंको घरमा पुगेको थियो । तर, त्यहाँ पनि उनी भेटिएनन् ।

बुधबार साँझबाटै मोबाइल स्वीच अफ गरेर फरार भएका प्रसाईलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित