गृहमन्त्रीले बद्ननाम र जुनियरलाई च्यापेपछि बढुवा प्रक्रिया अन्योलमा

काठमाडौं । जुनियरलाई बढुवा गरेर सिनियरलाई पाखा लगाइएको भन्दै  उजुरी परेपछि नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपीको बढुवा प्रक्रिया लम्बिने भएको छ ।

 बढुवा सिफारिसमा नपरेका डिआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी बिभुतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दिएका छन् ।  लोकसेवा आयोगले बढुवा सिफारिसमा परेका र नपरेका फाइल मगाएर छानविन गरेपछि मात्र बढुवा प्रक्रिया सुचारु हुनेछ ।

 बढुवा सिफारिसमा छानविन हुँदा पुनरावलोकन गर्दा तलमाथि गरेको पाइएमा नाम फेरिन सक्छ । गृह मन्त्रालयले आफूखुसी दरबन्दी सिर्जना गरेर बढुवा गरेको भन्दै प्रहरीभित्र असन्तुष्टि बढेको छ । बरिष्ताका आधारमा मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजा अगाडि भए पनि उनीहरु बढुवा सिफारिसमा परेनन् । तर, रणवहादुर चन्द, बिजयकुमार भट्ट,विजयलाल कायस्थ जस्ता बद्ननाम पात्रहरु भने अटाएका छन् ।

 अाचरण र चरित्रको मामिलामा  चन्द र कायस्थ बेला बेलामा बिबादमा आउने गर्छन् ।  कायस्थको त अख्तियारमा भ्रस्टाचारको मुद्दा बिचराधिन छ। गृहमन्त्री जनार्दन शर्माले बाहिर हेर्दा बढुवामा पारदर्शिता अपनाएको देखिए पनि भित्री रुपमा बद्ननाम र शक्तिकेन्द्र धाउनेहरुलाई प्राथमिकतामा राखेर  डिआईजीहरुको बढुवा सिफारिस गरेपछि विवाद बढेको हो ।

 पुनरावलोकन समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष रहन्छन् भने सदस्यमा मुख्य सचिव र कानुन सचिव रहने व्यवस्था छ । समितिले कार्य सम्पादन मुल्यांकन, बरिष्ठता र आचरण लगायत सबै पक्ष हेर्नेछ  । एसएसपीबाट डीआईजी सिफारिसमा आफूभन्दा दोस्रो ब्याचका सुरेश बिक्रम शाहलाई पारिएको भन्दै सुवासचन्द्र चौधरीले उजुरी गरेका छन् । शाह गृहमन्त्री जनार्दन शर्माको जिल्लाबासी हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित