परिवारका सदस्यहरू सबै सँगै बसेर खान नेकपाको उर्दी

nekapa_2

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई त नभन्नेदेखि परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्नेसम्मको उर्दी जारी गरेको छ ।


आचारसंहितामा ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ। कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ’ उल्लेख छ ।

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको हो।

आचारसंहिताको २ नम्बर बुँदामा भनिएको छ–‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ ।

बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ ।’

त्यसैगरी ८ नम्बर बुँदामा महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनकाबीच बनभोज वा सहभोज गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित