शैक्षिक मेलामा प्राविधिक र व्यावसायिक विषय विद्यार्थीको पहिलो रोजाइ

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आयोजना गरेको शैक्षिक मेलामा आज तेश्रो दिन पनि उत्साहजनक सहभागिता पनि देखिएको छ। नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ ।  मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्षाफल कुरिरहेका कलिला किशोर किशोरीदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशको शिक्षाबारे जानकारी लिन आएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिएका छन् ।

मेलामा भारत ,चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुई सय पचासभन्दा बढी स्टल राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित