कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झ्याप्ले पक्राउ

jhaple

  काठमाडौं । महानगरीय अपराध महाशाखाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कमल झ्याप्ले, कमल न्यौपाने भन्ने कमल विश्वकर्मालाई पक्राउ गरेको छ ।

२०७१ साल पुस ३० गते धादिङ, तिप्लाङ–९ (हाल बेनीघाट रोराङ गाउँपालिका–७) घर भई काठमाडौं गोलढुंगा बस्ने वर्ष २५ को युरूङ तामाङलाई टोखा नगरपालिका–१३ दिपज्योतीमा ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी फरार रहेका कमललाई महाशाखाको टोलीले ६ गते आईतबार गोंगबु गणेशस्थानबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

सुक्रबहादुर तामाङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी अभिषेक कार्की समेत भएको घटनामा सम्मानित उच्च अदालत पाटनको मिति २०७२असार २२ गतेको आदेशले १० बर्ष कैद फैसला भई फरार रहेका प्रतिबादी कमललाई पक्राउ गरी आवश्यक कारवाहिको लागि ७ गते नै सम्मानित काठमाडौं जिल्ला अदालत पठाईएको महाशाखा प्रमुख एसएसपी थापाले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित