हनुमन्ते नदि सफाई अभियानको १००औं हप्तामा हरियाली प्रवद्र्धन एवम् सोलार बत्ति उद्घाटन

hanumante

   भक्तपुर । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानले १००औं हप्ताको कार्यक्रमलाई विशेष बनाउने भएको छ ।

हनुमन्ते नदिको सफाई अभियानले १००औं हप्ता पूरा गरेको अवसरमा आउँदो शनिबार आयोजित कार्यक्रममा हरियाली प्रवद्र्धन एवम् सोलार बत्ति उद्घाटन हुने भएको आयोजक हनुमन्ते नदि सफाइ अभियानले जनाएको छ ।

बन तथा वातावरण मन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यमा अभियानको गौरवमय १००औं हप्ताको दिन विहान ७ः३० बजे भक्तपुरको राधेराधेस्थित इजी वे ट्रयाल सेन्टरको प्राङ्गणमा हुने कार्यक्रममा हरियाली प्रवद्र्धन एवम् सोलार बत्ति उद्घाटन गर्न लागिएको अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए ।

कार्यक्रमा विशेष अतिथिको रुपमा नेकपाका सांसद एवम् पूर्व उद्योग मन्त्री महेश बस्नेतको उपस्थिति रहने छ । उनै बस्नेतको अगुवाइमा शुरु भएको हनुमन्ते नदि सफाइ अभियानले १००औं हप्तासम्म आइपुग्दा नदि मात्र सफा गरेको छैन्, बाटो, मठ मन्दिर तथा पवित्र धार्मिक स्थलहरुको समेत सरसफाई गर्दै आएको छ ।

त्यसो त अभियानले सडक दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउने कार्यदेखि लिएर सडकमा सिसिटीभि क्यामेरा जडान र स्मार्ट डस्टबिन प्रयोग कसरी गर्ने भन्ने प्रशिक्षणसम्मको काम गरेको छ ।

जिल्लाको संस्कृति र सभ्यतासँग जोडिएको हनुमन्ते नदिलाई स्वच्छ, सफा र हराभरा बनाउने मात्र नभई भक्तपुरलाई देशकै नमुना, सफा र समृद्ध शहर बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको हनुमन्ते नदि सफाई अभियान सफल भएको पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित