बागमतीका १३ वटै जिल्लाका खेलकुदको नेतृत्व चयन, भक्तपुरको अध्यक्षमा श्रीभक्त

shree bhakta

  भक्तपुर । बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिमा नेतृत्व चयन गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाको नेतृत्व चयन गरेको हो ।

जस अन्तर्गत श्रीभक्त काशीछवालाई भक्तपुरको जिम्मा दिइएको छ । सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपाी निकटका काशीछवा सफल युवा व्यवसायी समेत हुन् ।

त्यसैगरी काठमाडौंको अध्यक्षमा अरुण बस्नेत, ललितपुरको अध्यक्षमा भरतप्रसाद पराजुली र काभ्रेको अध्यक्षमा मानबिर लामालाई नियुक्त गरिएको छ ।

त्यसैगरी चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खडग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ , रसुवामा दावा तामाङ , नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजा अध्यक्ष नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित