यतिको ७२ सिटे नयाँ विमान आइपुग्यो

काठमाडौं : यति एयरलाइन्स नयाँ एटीआर विमान भित्र्याएको छ । यसअघि जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यतिले फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । यतिको पहिलो एटीआर विमान आजै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको छ । यतिले एटीआर ७२-५०० सिरिजको विमान ल्याएको हो। यसले ९ एन-एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । एयरलाइन्सका अनुसार अबको एक महिनापछि कम्पनीको अर्को एटीआर विमान ल्याउने छ । सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२-५०० ल्याएको हो । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्ट्रिम-४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित