राष्ट्रियसभा सदस्यमा नेकपाका शर्मा र विसी विजयी

karnani

 सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यमा नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा विसीले विजयी हासिल गरेका छन्। रिक्त दुई जना सदस्यका लागि बिहीबार भएको निर्वाचनमा शर्माले तीन हजार ६ सय १८ र विसीले तीन हजार ६ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

सार्वजनिक मत परिणामअनुसार प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एक हजार २६ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवारले पाएको कुल मतमध्ये मायाप्रसाद शर्माले पाएको दुई मत बदर भएको छ ।

निर्वाचनका लागि नेकपा र नेपाली कांग्रेसबाट चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा ९८.४८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

एक सय ९८ जना कुल मतदातामध्ये एक सय ९५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित