बस्नेत नेतृत्वको एउटा महाअभियान पूरा भयो १०० हप्ता, आयो सुधार

100

भक्तपुर ।
‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नाराका साथ सुन्दर भक्तपुरको परिकल्पना सहित शुरु गरिएको हनुमन्ते नदी सफाई अभियानको १०० हप्ता दुई वर्ष, एक महिना पूरा भएको छ। भक्तपुर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री महेश बस्नेतको अगुवाइमा सुरु गरिएको हनुमन्ते सरसफाई १०० हप्ता पूरा भएको अबसरमा शनिबार भक्तपुरमा विशेष कार्यक्रम गरियो। संघीय सरकारका वन मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्षतामा मध्यपुरथिमिको राधे राधे स्थित ईजी ट्रायल सेन्टरमा आयोजना गरेको कार्यक्रम गरिएको हो।
शनिवार नै अरनिको राजमार्गमा सुरु भएको सोलार बत्ति जडान, हरियाली प्रर्बद्धनको समेत उद्घाटन गरिएको छ। मन्त्री बस्नेतले मुलुकको सम्बृद्धि अब धेरै टाढा नभएको बताउँदै वर्तमान सरकारले मुलुक सम्बृद्धि बनाउने अभिभारा पुरा गर्ने बताए । उनले हनुमन्ते सफाई अभियान जस्तै विकासका हरेक अभियानमा सरकारको सधै सहयोग र साथ रहने बताउदै मन्त्री बस्नेतले विकासका गतिलाई सरकारले अझै तिब्ररुपमा लैजाने बताए ।

Grennery

मन्त्री बस्नेतले संघीयताको अभ्यास भईरहेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पुरा गर्न लाग्नु पर्ने औल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसंगै एकले अर्काको अस्तित्व स्वीकार्दै अघि बढ्नु पर्ने बताए । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले देश मै नमूना बनेको हनुमन्ते सफाई अभियानलाई अब नयाँ मोडरलमा अगाडि बढाई चारवटै नगरपालिकाले संचालन गर्ने गरि अगाडि बढाईने बताउनुभयो ।

हनुमन्ते सफाई अभियानका अगुवाईकर्ता समेत रहनु भएका सांसद बस्नेतले अब हनुमन्ते होस वा सडक जहाँ काही फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशसन र प्रहरीले कारबाही अगाडि बढाउनु पर्ने बताए। भक्तपुरका विकासमा निरन्तर लागेका भक्तुर २ बाट निर्वाचित बस्नेतले फोहोर गर्नुपनि सामाजिक अपराध भएकाले सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजायँ दिनुपर्ने बताए ।

उनले हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको बताए । हनुमन्ते करिडोर अबको दुईवर्षमा सम्पन्न गर्ने बताउदै करिडोरको बिरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ दिने बस्नेतको चेतावनी थियो
सरकारले हनमन्ते करिडोर निर्माणको लागि यसवर्ष १ अर्ब ९९ करोड रुपैया र हनुमन्तेको फोहोर पानी प्रशोधन गर्न ट्रिटमेण्न प्लान्ट निर्माणका लागि १ अर्ब रुपैया बजेट बिनियोजन गरेको बताउदै उनले अबको दुईवर्षमा हनुमन्तेमा सफा पानीमा माछा खेलेको देख्न पाईने बताए ।
विकास बिरोधीको हिसाब, किताब राख्ने बताउँदै हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता जनाए ।
भक्तपुरको विकास देश कै पूर्वी नेपालसंग जोडिएको चर्चा गर्दै उनले भक्तपुरमा आएको विकास रोक्न खोज्नेलाई जनता आफैले लखेट्ने भन्दै ख्याल गर्नको लागि आग्रह गरेका छन् ।

शनिबार कार्यक्रममा वागमति प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, पहलमान श्रेष्ठ लगायतका अभियन्ताहरुले हनुमन्ते सफाई अभियानसंगै मनको सफाई पनि गर्ने बेला आएको बताए ।

अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहोर गर्नेलाई नगरपालिकाले जरिवाना सहित कारबाही गरिने बताए। हनुमन्ते सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँ स्वरुपमा सफाई अभियान सुरु हुने बताउदै अभियान निरन्तर जारी रहने भनाई राख्नुभयो । अभियानमा ९५ हजार जना भन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहोर संकलन भएको उनले बताए ।

सरकारको लगानी बिना नै २०७४ फागुन १९ गते शनिवार तत्कालिन जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाई अभियानका अगुवाई गर्ने सांसद बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

हनुमन्ते सफाई अभियानलाई जोडेर अरनिको राजमार्ग सफाई अभियान, हरियाली प्रबद्र्धन गर्दै राजमार्गमा हरियाली अभियान, मठमन्दिर एवं सम्पदा सफाई अभियान, बृक्षारोपण, सडकमा सोलार बत्ती जडान अभियान, दुर्घटना न्यूनिकरण अभियान, सडकमा सिसि क्यामरा जडान, सडक र गाडीमा स्मार्ट डस्टबिन प्रयोग जस्ता कामहरु भएका छन्।

BBBBB

यसैबिच कार्यक्रममा बिशेष समारोह सहित सांसद बस्नेतको जन्मदिन मनाईएको थियो । बस्नेतको पत्नी सहित कार्यक्रमका प्रमुख अतिथि मन्त्री शक्ति बस्नेत, अतिथिहरु, अभियन्ताहरु, संचारकर्मीहरु सहितको भव्य सहभागितामा केक काटेर सांसद बस्नेतको ४६ औ जन्मोत्सव मनाईएको थियो ।

Group
कार्यक्रममा अभियानमा योगदान गर्नुहुने अभियन्ता लगायत बिभिन्न संघ संस्थाहरुलाई उहाँहरुको योगदानका कदर गर्दै कदर पत्र तथा सम्मान पत्र प्रदान समेत गरिएको थियो

 

प्रतिक्रिया

सम्बन्धित