शैक्षिक मेलाको पहिलो दिन झन्डै २० हजारले अवलोकन गरेको इक्यानको दाबी

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा सुरु भएको इक्यान शैक्षिक मेलाको पहिलो दिन करिब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको इक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुंगेलले बताएका छन् ।

 नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा भारत ,चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुई सय पचासभन्दा बढी स्टल राखिएका छन् ।

 उच्च शिक्षा अध्ययनका लागि संसारका विभिन्न मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई एकै थलोबाट विभिन्न देशका शिक्षा नीति , भिसा नीति , इन्ट्री रिक्वारमेन्ट, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा पहलिो दिनमै उत्साहजनक सहभागित देखिएको छ । मेलामा १७ वटा पेभिलियन छन् ।

प्रतिक्रिया

सम्बन्धित