गाँजा तस्करीमा सरकारी एम्बुलेन्स प्रयोग, ३० किलो गाँजा सहित तीन पक्राउ

gaja taskari

काठमाडौं

सरकारी स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीलेृ शनिवार ३० केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार रौतहट डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्स ३ वटा झोलाभित्र ६ वटा पोकामा ३० किलो ६०० ग्राम लागू औषध गाँजा फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको
हो ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक रौतहट डुमरीया नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार रौतहट डुमरीया नगरपालिका वडा ४ का वर्ष १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय बिनोद सहनी रहेका छन्।

लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयासम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने कानुन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित