उपमेयर नेपाली सम्पर्कमा आईन, स्वास्थ्य समस्याका कारण अमेरीकामा बसेको स्पष्टिकरण

darsana nepali1

अमेरीकामा लुकेकी भनिएकी तिला गुफा नगरपालिकाकी उपप्रमुख दर्शना नेपाली सम्पर्कमा आएकी छन् । उनले आफु लुकेको नभई स्वास्थ्य समस्याका कारण अमेरीकामा बसेको स्पष्टिकरण दिएकी छन । समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले स्वास्थ्य समस्याका कारण अमेरिकामा बसेको बताएकी हुन। उनि चार महिना अघि एक गोष्ठीमा सहभागी हुन अमेरिका गएकी थिईन ।

करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।
पटक–पटक फेसबुकमा समेत म्यासेजको रिप्लाइ नदिने गरेको मेयरले लगाउँदै आएको आरोप खण्डन गर्दै उपप्रमुख नेपालीले आफूले उल्टै फोन गरेका बेला प्रमुखले नउठाएको दाबी गरेकी छन् ।

विवाद आएपछि उपमेयर नेपालीले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । उपचारका लागि अझै ५ महिना लाग्ने पनि उनले बताएकी छन् ।

 यस्तो छ नेपालीको स्टाटस

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार

म आराम छैन । तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ ।

ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।

म हरायको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।

अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजी संग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन ।

सहयोग त झन् कुरै भएन । अमेरिका आउदाका प्लेख टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।

मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपालीरकालीप्रसाद पाण्डे दाजु सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।

अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा। अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।

तिलागुफाका जनताहरुको माया–ममता ममा सधै छ र भैई राख्ने छ । मैले नगर पालिका संघका महसचिव भिमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधी देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ ।

मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌ँन । गल्ती गरे माफ माउँ ।

जिन्दगीमा अरु केहि नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थभन्दा ठुलो केहि छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने रु म दुनियाँकै शक्तिशाली भए पनि केहि छैन मलाई ।

अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन९खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित