खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ

arrest

-काठमाडौँ । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले आफुसँग विभिन्न अलौकिक वस्तुहरु रहेको बताउने र बेच्ने वहानामा एकान्तमा लगेर लुट्ने गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले कुल १८ लाख ७५ हजार नगद तथा लुटपाटका रकमबाट खरिद गरिएको मोटरसाइकल लगायतका सामान पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित