मेयरको गाडीलाई टिपरको ठक्कर, मेयर सकुसल

Accident-JAn

झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार सरकारी गाडी दुर्घटनामा परेको छ। विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमकनजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो।  मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्माले आफैले चलाएका थिए।

मेयर शर्मा सकुशल छन् भने गाडीमा क्षति पुगेका छ । मेयर औषधी किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। गाडीमा मेयर शेर्मा मात्रै थिए।

 

प्रतिक्रिया

सम्बन्धित