राजश्वको लक्ष्य भेट्याउन व्यवसायीलाई दुःख दिन्नः अर्थमन्त्री

arthamantri
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई जथाभावी दुःख नदिने बताएका छन । आईतबार ६८ औं भन्सार दिवसको कार्यक्रममा बोल्दै उनले आय भएको ठाँउमा मात्रै राजस्व उठाउने र व्यवसायीलाई जथाभावी दुःख योजनामा आफू नभएको बताउदै आश्वस्थ हुन आग्रह गरे ।

सम्पत्ति सुदृढीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुनेमा आश्वस्त हुन खतिवडाले व्यवसायीलाई आग्रह गरे । उनले भने–‘नीजि क्षेत्रका साथीहरू आत्तिएको पाएँ यस्तो होईन, गलत ठाउँमा मात्रै डण्डा चल्नेछ ।’

विदेशी मुद्रा सन्चीतिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको, बैंक ब्याजदरको समस्या नरहेको उनल जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित