विमानस्थलबाट गोली सहित एक जना पक्राउ

पोखरा । पोखरा विमानस्थलबाट गोली सहित एक जना पक्राउ परेका छन् । arrest

पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही पक्राउ परेको प्रहरीले बताएको छ । शाहिले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गोली फेला परेको हो । उनि यति एअरको उडानबाट काठमाडौं जान लागेका थिए ।

शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित