चौथो कृषि मेला हुदै

krishii

ललितपुरको पाटन संग्राहलयमा चौथो कृषि मेला २०७६ आयोजना हुने भएको छ । मेला माघ १७ देखि २० गते सम्म हुने आयोजक अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरले बताएको छ । अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

मेलाले उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सूपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित