विद्यार्थीहरुलाई सङ्गठित गर्दै अनेरास्ववियू

Union

भक्तपुर ।
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटिद्धारा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठनमा गोलबद्ध भई आफ्नो नेतृत्वसीप र व्यक्तित्वको विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता, विकृति र विसङ्गतीका विरुद्धमा एक भएर आवाज उठाउँन प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुको बृहत् भेला गराई कक्षा कमिटी गठन गरिएको अनेरास्ववियू क्याम्पस कमिटिका नेता नवीन रिजालले बताए ।

प्रथम वर्षमा अध्यनरत तिलक पराजुली अध्यक्ष, मना कार्की र लोकेश खनाल उपाध्यक्ष, निरज कार्की सचिव, समिप दाहाल, लक्ष्मण भुसाल र अन्जु प्रजापति सह-सचिव
रमेश दुलाल कोषाध्यक्ष सहित ३५ जना सदस्य रहने गरि कक्षा कमिटि गरिएको समेत उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू भक्तपुर जिल्ला संयोजक सुवास तिम्लसिनाले अनेरास्ववियूमा गोलबद्ध भई अगाडि बढ्न र शैक्षिक आन्दोलनमा लागि कलेजलाई समृद्ध बनाउन आव्हान गर्दै अन्य संकायहरुमा पनि गठन प्रक्रिया अगाडि बढ्दै जाने र विद्यार्थीहरुलाई राजनीतिक रुपमा प्रतिक्षित गर्दै क्याम्पसमा भएका शैक्षिक विकृति र विसङ्गतीहरुलाई जरै देखि निर्मुल पार्न समृद्ध भक्तपुर क्याम्पस निमार्ण गर्न र विद्यार्थीहरुको सुख दुखको सारथी बन्न सबैलाई गोलबद्ध गरि सङ्गठित गर्नु परेको अनेरास्ववियू भक्तपुरका विद्यार्थी नेता दिपेश बिसुन्केले बताए ।

प्रतिक्रिया

सम्बन्धित