गायिका आस्था राउतलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिन सीडीयो कार्यालय लगिदै

astha raut 

गायिका आस्था राउतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय लैजाँदै छ। उनले अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी छन । राउत परिवारका साथमा परिसर पुगेकी थिइन्। प्रहरीले उनको स्वास्थ्य परिक्षणपछि हिरासतमा लिएको थियो । अब आस्थालाई म्याद थप गर्न सिडियो कार्यालय लैजाने प्रहरी स्रोतले बताएको छ ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीले आस्थालाई फरार सूचीमा राखेको थियो । प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने पनि बताएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित