फेरी बढ्यो सुनको मूल्य

Gold

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । सोमबार सुनको मूल्य ५ सयले बढेको हो । हिजो आइतबार ७५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको छ । अन्तर्राष्ट्रिय बजार भाउँ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएकोछ ।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित