वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ

juwade
गत राती वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालीका वडा नं. ३ को मिलन चोकबाट जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर १० बाट नेपाली काँग्रेसबाट वडा अध्यक्ष चुनिएका रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट २२ लाख ८२ हजार नगद पनि बरामद गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित