नागरिक लगानी कोषले सहायक कम्पनी खोलेर पूँजी बजारमा लगानी गर्ने अर्थमन्त्रीको घोषण

arthamantri

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले सहायक कम्पनी खोलेर पूँजी बजारमा लगानी गर्ने बताएका छन् । अर्थसमितिमा नागरिक लगानी कोष संसोधन विधेयकमाथि दफावार छलफलको क्रममा अर्थमन्त्री खतिवडाले कोषले मार्केट मेकरको काम सुरु गर्न कोषले मुद्रा बजारभन्दा पूँजी बजारमा धेरै लगानी गर्ने बताए ।


नागरिक लगानी कोषलाई आगामी दिनमा प्रवद्र्धकको रुपमा राख्ने कि सहभागि मुलक संस्थाको राख्ने प्रश्न उठेको भन्दै अर्थमन्त्री खतिवडाले कोषमा सर्वसाधारणको संख्या २० प्रतिशत हुने व्यवस्था गरिएको र यसलाई आवश्यक्ताको आधारमा बढाउन सकिने बताए ।
उनले कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न सांसद्हरुलाई आग्रह गदैए ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरेर अगाडि बढ्ुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित