शिक्षकको कुटपिटबाट विद्यार्थीको हात भाँचियो

teacher--beaten--student2020-01-27-08-47-59
सिरहा ।

गृहकार्य नगरेको भन्दै शिक्षकको कुटपिटबाट एक बिध्यार्थीको हात भाचिएको छ ।
कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबर रितिकमाथि कुटपिट गरेपछि बाँया हात भाँचिएको उनका आफन्तले जनाएका छन् ।
शिक्षक कार्कीलाई विद्यार्थी रितिकले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन भन्दाभन्दै पनि कुटपीट गरेको बताए । कार्की नेपाली बिषयका शिक्षक हुन ।

रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए । घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने ? भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

विध्यालयमा यस्ता घटनाहरु पटक पटक हुने गरेको अभिभावकहरु बताउछन । राम्रो अनुशासन र पढाईको नाममा विद्यालयलाई यातना गृहजस्तो बनाईएको उनिहरुले आरोप छ । उनिहरुले घटनामा संलग्न शिक्षकलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित