१६ देशमा फैलियो कोरना भाइरस, मृत्यु हुने संख्या १०६ पुग्यो

korana_virus_2080342585

काठमाडौं -

उत्तरी छिमेकी देश चीनका विभिन्न शहरहरुमा फैलदै गरेको कोरना भाइरस विश्वका अन्य राष्ट्रहरुमा पनि निरन्तर फैलिरहेको छ । हालसम्मको अवस्थामा १६ देशमा फैलिएको अनुसन्धानबाट भेटिएको छ ।

चीनमा मात्रै कोरना भाइरसको कारण १०६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई हप्ता अघि चीनको बुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । बुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। अहिले सम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ । अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।

अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

बीबीसीका अनुसार, जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् ।त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित