३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

durghatana-5-1024x722-1

रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले दुर्घटनामा ३ जनाको घटनास्थलमै ज्यान गएको जनाएको छ । मृतकहरुको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका भएका ९ जनामध्ये ४ को अवस्था गम्भीर छ । दुर्घटना कारण खुल्न नसके पनि बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित