लक्ष्मी बैंकको ६ महिनाको मुनाफा ९० करोड भन्दा बढि नाफा

 laxmi-bank-1-678x381

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ९० करोड ३० लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा करिब २५ प्रतिशतले सुधार भएको छ ।

बैंकको ९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको छ । बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित