एनसेलको टावर हटाउन बिप्लवको धनकुटाबासीलाई अपिल

 biplab-with-ncell

नेत्रबिक्रम चन्द ( बिप्लव ) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ । पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले प्रेस बिज्ञप्ती जारी गर्दै एनसेल बहिस्कार गर्न आग्रह गरेका हुन् ।

बिज्ञप्तीमा एनसेलले कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउन, सिम तथा रिचार्ज कार्ड बिक्रि बितरण नगर्न र एनसेल सिमको प्रयोग बन्द गर्न पनि भनिएको छ ।

‘घरको छतमा जडान गरिएको एनसेलको टावर हटाउन अनुरोध गर्दछौं । साथै एनसेलको सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री बितरण गर्ने सवै व्यवसायी तथा जनसमुदायलाई कारोबार तथा सिम प्रयोग नगर्न अनुरोध छ ।’ बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित