प्रहरी हिरासतको शौचालयमा झुण्डिएर अभियुत्तले गरे आत्महत्या

Suicide-Hanging__20180721021448
काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त हेम राउतको मृत्यु भएको छ । लागूऔषध मुद्दामा उनि हिरासतमा रहेका थिए । बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका उनि प्रहरी रेकर्डमा तीन पटक धरौटीमा छुटेको देखिन्छ ।

बानेश्वरका प्रहरीले बताए अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए । देख्ने वित्तिकै अस्पताल लगेपनि बचाउन नसकिएको प्रहरीले बताएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित