टिपरले किचेर युवकको मृत्यु

birodha
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दियो । सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको छ । मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित