लागुऔषध सहित प्रहरी जवान पक्राउ

arrested
प्रहरी जवान सरोज गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । धनकुटाको पाख्रीवास घर भएका २३ बर्षीय गिरीलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी जवान सरोज गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा उनको चेकजाँच भएको थियो । सो क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।

गिरी सुनसरीको दुहवी स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित