अन्तवार्ता दिन NTV पुगेका राष्ट्रिय युवा संघका संयोजक सापकोटा किन त्यतिकै फर्किए ?

ram prasad sapkota

काठमाण्डौं ।

नेपाल टेलिभिजनले अन्तवार्ताका लागि बोलाइएका नेपाल युवा संघका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ( दिप शीखा ) लाई त्यत्तिकै फर्काइएको छ । उनलाई सरकारी टेलिभिजन एनटिभी न्युजमा आज साढे १२ बजेका लागि अन्तरवार्ता लिनका  बोलाइएको थियो ।  साढे १२ बजेदेखि १ बजेसम्म अन्तरवार्ताको लागी समय छुट्टाईएको थियो तर समयमा बत्ति बनाउन जान्ने मान्छे नभएकाले अन्तरवार्ताको समय त्यत्तिकै सकिएका कारण आफू फर्कन परेको सापकोटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

सामाजिक संजाल फेसबुकमा दिपशीखा लेख्छन् 

‘क्या गज्जबको सरकारी निकाय, यसरी त बन्दैन हो देश !’ भन्दै सामाजिक संजालमा लेखेका सापकोटाले भनेका छन् ‘सरकारी टेलिभिजन Ntv News मा आज १२:३० बाट १:०० बजेसमम्मका लागी तय भएको कार्यक्रम स्टुडियोमा बत्ति बाल्न जान्ने मान्छे नभएर फर्किन पर्यो । कर्मचारि साथिहरूले जान्ने कर्मचारी खोजेर फोनबाट सिक्दासिक्दै जम्मा समय ९ मिनेटको बॉकि रह्यो १ अन्तरवार्ता नदिईकन म फर्किए ’ ।

 

प्रतिक्रिया

सम्बन्धित