राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ

arrested (1)

चितवन  ।

चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्युतीय बिजक जारी गरिदिने भन्दै करदातासँग लिएको १० हजार रुपैयाँ घुससहित कम्प्युटर अधिकृत रामकुमार अधिकारी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले अधिकृत अधिकारीलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित