इक्यानको ११ औं बृहत शैक्षिक मेला अाजबाट सुरु

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ११ औं बृहत शैक्षिक मेला अाजबाट सुरु भएको छ । चार दिनसम्म चल्ने मेला साउन ५ देखी ८ गतेसम्म हुने  इक्यानले जनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको  छ ।  मेलाका एकै स्थानमा विश्वका उत्कृष्ठ गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइने छ भने विशेषतः अमेरीका, अष्ट्रेलीया, न्युजीलैण्ड,क्यानडा, जापान, श्रीलंका, डेनमार्क, लगायत युरोपीयन मुलुकहरु तथा छिमेकी राष्ट्रहरु भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदाताहरुसँग साक्षात्कार हुने अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

 मुख्य प्रायोजक ब्रिटीश काउन्सील रहेकोे यस मेलामा पहिलो पटक श्रीलंका स्थित ४ वटा कलेजहरुको प्रत्यक्ष उपस्थिति रहने छ । मेलामा ईन एसोसिएसन विथमा अष्ट्रेलियाको प्यासिफिक कलेज अफ टेक्नोलोजि सहकार्य रहेको छ । त्यस्तै मेन स्पोनसर्सको रुपमा एजुकेसन एसिया प्रा. लि, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रालि, मर्सि एजुकेसन कन्सल्टेन्सि प्रालि, मेट्स एजुकेसन प्रालि , ओलि एण्ड एसोसियट्स प्रालि, पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रालि रहेका छन् ।

 त्यस्तै स्पोन्सर्सहरुमा अरिना ईन्टरनेसनल एजुकेसन सर्भिसेज प्रालि, बाबा एजुकेशन कन्सल्टेन्सी प्रालि, बोष्टन एजुकेशनल सर्भिसेज प्रालि, क्यामव्रिज ईन्सिच्युट अफ टेक्नोलोजि प्रालि, ईडियु कन्सल्टेन्सि प्रालि, ईनलाईटन ईन्टरनेसनल एजुकेसन प्रालि, ई पि एजुकेसन अष्ट्रेलिया प्रालि, फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सि प्रालि, जिएनके जापानिज ल्याङ्गवेज टेष्ट,रोयल जापानिज ल्याङ्गवेज एण्ड कल्चर सेन्टर, गोल्डेन गेट ईन्टरनेसनल एजुकेसन प्रालि, हार्डफोर्ड ईन्फोटेक सेन्टर प्रालि,आई ई टि भड्डल टेक्निकल कलेज, ईन्डो वल्र्ड एजुकेशन कन्सल्टेन्सि प्रालि, कङ्गारु एजुकेशन फाउन्डेसन प्रालि, कान्तिपुर ईन्टरनेसनल ओपन एजुकेसन प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सि प्रालि, नेपकम्स सर्भिसेज प्रालि, नर्स ट्रेनिङ्ग अष्ट्रेलिया, अक्सफोर्ड डट ईडियु स्टडि कन्सल्टेन्सि प्रालि, रोहिणि ईन्टरनेसनल एजुकेसन सर्भिसेज प्रालि, रोयल एजुकेसनल सर्भिसेज प्रालि, सिम्ला युनिभरसिटि, याकोहामा जापानिज ल्याङ्गवेज एकेडेमि प्रालि रहेका छन् । त्यस्तै ईन्डोर्स वाईमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्श, शैक्षिक पत्रकार संजाल (ईजोन) तथा अभिभावक संघ नेपाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित