रु ११ हजारसहित तीन जना पाकेटमार पक्राउ

arrested (1)
भक्तपुर । रु ११ हजारसहित तीन जना पाकेटमार पक्राउ परेका छन । मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका अबस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिलउ उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् ।

 प्रहरीले पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित