प्रहरी र अपराधिक समुहबीच गोली हानाहान हुदा १ घाईते

gun shot

फिरौतीको लागी नेपाल प्रवेश गर्न लागेको एक आपराधिक समूह र प्रहरीबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा १ जना व्यक्ति गोली लागेर घाईते भएका छन् ।

गएराति १२ः३० बजे रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचनाका आधारमा प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । आत्मरक्षाका लागी गोली चलाउदा चाँद घाईते भएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, खाली खोका १ थान र कटुवामा लोड भएको १ थान गोली प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार प्रहरी गोली लागी घाइते चाँद फरार अभियुक्त हुन् ।

प्रतिक्रिया

सम्बन्धित