एकैदिन मरे दुई गैंडा

gaida
चितवन राष्ट्रिय निकुञ्जमा मंगलवार एकैदिन दुई गैंडा मरेका छन् । यी सँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । अन्दाजी १/र२० वर्षको पोथी गैंडा तमासपुर क्षेत्रमा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । त्यस्तै सुखीभार क्षेत्र नजीक अर्को एक करिब ३० वर्षको पोथी गैंडा मृतावस्थामा फेला परेको हो। गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए ।

विषाक्त घाँस खाएर गैंडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्को गैंडा मर्नाको कारण खुल्न सकेको छैन । गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४७५ मा २६ र २०७३/७४ मा २५ गैंडा कालगतिले मरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित