तनहुँका गुण्डा नाइकेको प्रहरी आडमा पोखरामा आतंक

पोखरा । कास्की प्रहरीले असार २७ गते लेकसाइडको खहरेबाट गुण्डागर्दीमा संलग्न आठ जना युवालाई आधुनिक हतियार पेस्तोल सहित पक्राउ ग-यो । पक्राउ परेका मध्ये इश्वर श्रेष्ठ (वेल चौतारा)को ग१च २१३३ नम्वरको सेतो स्वीफ्ट कारको डिक्कीबाट NADLIN IPAN लेखिएको म्याग्जिन जडित पेस्तोल वरामद ग-यो । प्रदेश नम्वर ४ को राजधानी शहर पोखराको पर्यटकीय केन्द्र लेकसाइडबाट आधुनिक हतियार पक्राउ परेपछि यहाँको सुरक्षा संवेदनशीलता माथि वहस चलेको मात्र हैन कि गुण्डागर्दी आतंकको कालो छायाँ फेरि सल्वलाएकोमा चिन्ता हुन थालेको छ ।

तनहुँ सुक्लागण्डकी नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय वेलचौताराको सामुन्ने अगाडि घर भएका ३३ वर्षिय ईश्वर श्रेष्ठको कमाण्डमा सोही वडाका आठ जना युवाहरु खहरेबाट एकै साथ पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा २७ वर्षिय सञ्जिव राई, २१ वर्षिय विशाल पौडेल, २० वर्षिय विवेक थापा, २२ वर्षिय सञ्जु ठकुरी, २० वर्षिय प्रदिप गुरुङ, २४ वर्षिय सागर गुरुङ र २६ वर्षिय सञ्जिव घर्ति रहेका छन् ।

 ति मध्ये इश्वर श्रेष्ठ ज्यान मार्ने उद्योग मुद्दामा २५ दिन तनहुँ प्रहरी हिरासतमा बसेर असार २५ गते मात्र धरौटीमा रिहा भएका व्यक्ति हुन भने प्रदिप गुरुङ, सागर गुरुङ र सञ्जिव घर्ती ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको तनहुँ प्रहरीले बताएको छ । तनहुँ क्षेत्रको ठेक्का पट्टामा गुण्डागर्दी गर्ने, प्लाटिङ र निर्माण सामग्री उद्योगहरुलाई आय आर्जनको स्रोत वनाउँदै आएका ति अभियुक्तहरु पटक–पटक पक्राउ पर्नु र पछिल्लो पटक आधुनिक हतियार सहित फेला पर्नुले उनीहरु व्यवसायिक गुण्डागर्दीमा निरन्तर क्रियाशिल रहेको प्रस्ट भएको छ ।

 पैसा असुलीका लागि जे पनि गर्न तयार त्यो समूह असार २७ गते लेकसाइडमा कुनै अर्को समूह सँग लफडा गर्ने (ग्याङ फाइट) तयारी गर्दा गर्दै वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारीको टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको थियो । उनीहरु आठै जना विरुद्ध हातहतियार तथा खरखजा मुद्दामा कास्की जिल्लामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । पहिला हात हतियार तथा खरखजना मुद्दाको अनुसन्धान सकेर पछि संगठित अपराध तर्फ अनुसन्धान गर्ने कास्की प्रहरीले तयारी छ । श्रेष्ठको समूहलाई बेलचौतारा चौकी तनहुँका सई हरिबोल केसी र हवल्दार रेशम थापाले संरक्षण दिंदै आइरहेका छन् ।

 एउटा अपराधबाट सजाय पाएकै दिन श्रेष्ठ पक्राउ पर्नुले उनी पेसेवर रहेको पुष्टि हुन्छ । पछिल्लो समयमा कथित डन भनिने टोले गुण्डाहरुको शैली फेरिएको छ । राजनीतिक दल र नेताहरुको व्याक सपोर्ट नभएका कारण धेरै हैरानी खाएका टोले गुण्डाहरु यतिखेर राजनीतिक दलका सदस्य बनेर जिम्मेवार पदमा पुगेका छन् । अवैध पेस्तोलधारी श्रेष्ठ नेकपा एमालेका सकृय कार्यकर्ता हुन् । उनी युवा संघ तनहुँका जिल्ला कमिटि सदस्य हुन् । उनी पार्टी कार्यकर्ता भएका कारण पार्टी पंक्तिवाट उनलाई जोगाउन पहल भइरहेको बुझिन आएको छ । श्रेष्ठलाई मुद्दा कमजोर बनाएर छुटाउने योजनाको गन्ध बाहिर आएको छ ।

 अभियोग पत्र दायर गर्ने निकाय सरकारी वकिल कार्यालय पोखराका प्रमुख गंगाप्रसाद पौडेल जो एमालेबाट कानुनमन्त्री बनेका अग्नी खरेलको निगाहामा पोखरा सरुवा भएका थिए उनलै मुद्दालाई नरम करम मिलाएर धरौटीमा छुटाउने सक्ने भन्दै चर्चा चलेको छ । कानुनलाई मुठ्ठीमा लिएर अवैध धन्दा गरेर आतंक मच्चाउने गिरोहलाई कानुन वमोजिम कडा दण्ड दिनु पर्ने तर्फ सबै पक्षले दवाव दिन आवश्यक छ न कि उन्मुक्ति हैन । पक्राउ परेर मुद्दा अनुसन्धान भइरहेका पटके र व्यवसायिक गुण्डाहरुलाई पार्टीको आस्थाको आधारमा जोगाउने कार्य कास्कीमा यस अघि पनि नभएको होइन ।

 केहि मुद्दाहरुमा मुद्दा अभियोजनकर्ता (सरकारी वकिल) बाटै बचाउ गर्न प्रहरीले पेश गरेका अनुसन्धानका फाइल र तथ्यलाई समेत तोडमोड गरेको रहस्य वाहिर आएपछि ति कर्मचारीलाई तत्काल अन्यत्र सरुवा गरिएको घटना पनि धेरै पुरानो भएको छैन । यसलाई मध्यनगर गरेर पनि ठूला मुद्दाहरुमा सेटिङ मिल्दैन भनेर रामराज्यको कल्पना गरि हाल्ने अवस्था भने छैन । श्रेष्ठ लगायत संलग्न आठ जना विरुद्ध मुद्दामा अनुसन्धान र अभियोजन दायरमा कुनै कमजोरी देखिएमा त्यसलाई संयोग मात्र मान्न पक्कै सकिन्न । यस मुद्दा सम्वन्धमा तनहुँ जिल्ला एमाले देखि पोखरा सम्म चलेको ‘चलखेल’ को गन्ध यथार्थमा परिवर्तन हुनु हुँदैन ।

 भर्खरै एसएसपी बढुवाको सिफारिसमा परेका कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले मुद्दा अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने र कसैको दबाब र प्रभावमा काम नगर्नेमा ठुक्क हुन आश्वस्त पारे । यस्तै जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले पनि वजार हल्ला भएजस्तो केहि नभएको र प्रहरीको अनुसन्धान र कानून वमोजिम मुद्दा दायर हुने प्रतिकृया दिए । मुद्दा अनुसन्धानमा रहेकोले यस वारेमा थप कुरा बोल्न नमिल्ने पौडेलले बताए । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित