गृहसचिव राईले अवकाश पाउदै, नयाँ गृहसचिवमा महेश्वर न्यौपानेको प्रवल सम्भावना

Maheshwor-Neupan

गृहसचिव प्रेमकुमार राईले आईतबारबाट लागू हुने गरी राजीनामा दिएको गृहस्रोतले दाबी गरेको छ । सचिव राई आइतबारबाट बिदामा बस्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई आईतवार दिउंसो ३ बजे बिदाई गर्ने कार्यक्रम रहेको छ । उमेरहदका कारण सचिव राईले अवकाश पाउन लागेका हुन । उनले गृह प्रशासन राम्रोसंग चलाएको चर्चा मन्त्रालयमा छ ।

सरकारले उनको ठाउँमा नयाँ गृहसचिव नियुक्त गर्ने तयारी गरेको छ । स्रोतकाअनुसार नयाँ गृहसचिवमा चार जनाको नाम चर्चा भए पनि महेश्वर न्यौपानेको प्रवल सम्भावना छ । त्यस्तै नेपाल प्रहरीमा इन्सपेक्टरदेखि डिआईजीसम्म रोकिएको बढुवाको विषयमा गृहमन्त्रालयमा छलफल चलिरहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित